एनआरएनए क्यानाडा युवा फोरमको आयोजना मा २०१८ मार्च ११ तारिक बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

Published On: Sunday, March 11, 2018 | Source: NRNA Youth
           एनआरएनए क्यानाडा युवा फोरमको आयोजना मा २०१८ मार्च ११ तारिक बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो,एनआरएनए आइसीसी युवा संयोजक सुदन थापाको प्रमुख आथित्यमा भएको कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि हरुको उपस्थिति रहेको थियो l एनआरएनए क्यानाडाका अध्यक्ष गोपी कृष्ण काफ्ले सभापति रहनु भएको सो कार्यक्रमको संयोजन एनआरएनए क्यानाडाका  युवा संयोजक क्रिजल केसीले गर्नु भएको थियो l नेपाली यूवा पासांग नाम्गेल शेर्पा “ रोबर्ट क्यानडा सकर एकेडेमी’’ बाट पोर्चुगलमा हुन गैरहेको यूथ कप सकर प्रतियोगितामा भाग लिन जान लागेकाले शुभकामना सहित बिदाई गरिएको थियो l