सादर निमन्त्रणा !सादर निमन्त्रणा !सादर निमन्त्रणा !

Published On: Thursday, October 3, 2019 | Source: NRNA Youth
सादर निमन्त्रणा !
संसारभर छरिएर रहनु भएका सम्पूर्ण गैरआवासीय नेपाली साथीहरु,
हाम्रो गौरवशाली संस्था गैरआवासीय नेपाली संघको आगामी नवौं साधारण सभा तथा विश्व सम्मेलनका अवसरमा युवा तथा खेलकुद समितिको आयोजनामा “NRNA Heritage Walkathon”, “NRNA Sports Meet”, “4th NRNA Futshal Tournament-2019”, “1st NRNA Golf Championship-2019” तथा “1st NRNA Golf Championship-2019” कार्यक्रम निम्न मिति, समय र स्थानमा हुन लागेको हुँदा यहाँको गरिमामय उपस्थितिका लागि अनुरोध गर्दछु |
NRNA Heritage Walkathon
मिति: 11 October 2019 NRNA Day
समय: 7:00 to 9:30 am in the morning
रुट: स्वयम्भुनाथ देखि पशुपतिनाथ सम्म (स्वयम्भुनाथ भगवान पाउ देखि बिजेश्वरी देखि शोभाभगवती देखि इन्द्रायणी देखि क्षेत्रपाटी देखि नरदेवी देखि मरु गणेशस्थान देखि हनुमान ढोका देखि इन्द्रचोक देखि असन देखि जमल देखि कमलादी देखि कमलपोखरी देखि ज्ञानेश्वर देखि रातोपुल देखि गौशाला देखि पशुपतिनाथ (हंशमण्डप पिंग्लास्थान)
NRNA Sports Meet
मिति: 14 October 2019
समय: 9:30 to 11:30 in the morning
स्थान: NRNA Secretariat, Baluwatar
4th NRNA Futsal Tournament-2019
Venue: Kumari Futshal, Paknajol,  Kathmandu
Date: 14th October, 2019
Time: 4:00 pm in the afternoon
1st NRNA Golf Championship-2019
Date: 13th October 2019
Time: 7:00 am in the morning
 
इतिहाँसमै पहिलो पटक आठौँ राष्ट्रिय खेलकुदमा गैरआवासीय नेपाली संघले सहभागिता जनायो, नौ मुलुकका १९ जना गैरआवासीय नेपाली खेलाडीले सहभागिता जनाए, पहिलो सहभगितामा नै ६ स्वर्ण, २ रजत र ६ कास्य पदक हाँसिल गरियो | राष्ट्रिय खेलकुद परिषदसंग संघले औपचारिक सहमति पत्रमै हस्ताक्षर समेत गरेको छ | नेपाल बाहिर पनि गएको २ वर्षमा सयौं खेल प्रतियोगिताहरु आयोजना गरिए | यी सबै परिस्थिति माझ नेपाल बाहिर स्थायी बसोबासका साथ करिब ३०-४० हजार गैरआवासीय नेपाली रहेको आंकलन माझ एनआरएनए खेलकुदको एक वृहत अभियानको थालनी गर्न ‘गैरआवासीय नेपाल संघ खेलकुद प्रतिष्ठान’ निर्माण गर्ने आधारहरु तयार गर्ने उद्देश्यका साथ यी कार्यक्रमहरु आयोजना हुन लागेको हो |
गैरआवासीय नेपाली संघको अभियानमा जोडिएका पहिलो पुस्ताको नेतृत्त्व वर्गले गैरआवासीय नेपाली संघको आगामी भविष्य दोस्रो पुस्ताको सहभागितामा निर्भर रहेको भनी स्वीकार गरिसकेको परिस्थिति माझ दोस्रो पुस्ताको एनआरएनलाई यस अभियानमा जोड्ने भरपर्दो माध्यम खेलकुद नै भएको हुँदा “NRNA Sports Academy” को निर्माणमा अमुल्य सहयोग पुर्याई NRNA अभियानलाई थप समृद्ध बनाउन सम्पूर्ण गैरआवासीय नेपाली साथीहरुमा हार्दिक अनुरोध गर्दछु |
 
२०७६ सालको वडा दशैं, शुभ दिपावली, नेपाल सम्बत्-११४० तथा छठको अवसरमा यहाँलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु |
सुदन थापा
अन्तर्राष्ट्रिय युवा संयोजक
अक्टोबर १, २०१९